
ललितपुर, १८ पुस – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले योजनाअनुरुप विकासका काम अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल परम्परागत बौद्धधर्म संघले राजधानीमा गरेको कार्यक्रममा उपाध्यक्ष डा शाक्यले लक्ष्य र योजनामा धेरै अन्तर रहेकाले सोचेअनुरुप विकास हुन नसकेको बताएका हुन् ।
नवनिर्वाचित सभासद् चन्द्र महर्जन र मदनबहादुर अमात्यलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा महर्जन र अमात्यले संस्कृतिक सम्पदाको जगेर्ना नगरेसम्म विदेशीले नेपालीलाई चिन्ने आधार नरहने बताए ।
संघका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले अब बन्ने संविधानमा बुद्धधर्मको विकास र संस्कृति सम्पदाको संरक्षण विषयका बुँदा राख्नुपर्ने बताए । रासस