
पोखरा, १८ पुस– पोखराको लेकसाइडमा भएको पाँच दिने सडक महोत्सवमा होटल व्यवसायीले २० करोडभन्दा बढीको आर्थिक कारोबार गरेका छन् ।
पुस १३ देखि १७ गतेसम्म भएको सडक महोत्सवमा स्वदेशी तथा विदेशी गरी चार लाखभन्दा बढी पर्यटकले मेलाको अवलोकन गरेका थिए ।
पोखराको लेकसाइडदेखि खहरेसम्मको तीन किलोमिटर सडकमा होटलहरूले रेष्टुराँ राखेर व्यापार सञ्चालन गरेका थिए ।
त्यस्तै वसुन्धरा पार्कमा पनि विभिन्न किसिमका कक्षहरूका साथै दर्शकको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम राखिएको थियो ।