
लिमा, १८ पुस–पेरुको दक्षिण भागमा पर्ने आन्डेआन कुस्को क्षेत्रमा पर्ने एक नदीमा भारी वर्षापछि बुधबार आएको बाढीेको कारण १६ हजार स्थानीय बासिन्दा घरवारविहीन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
पेरुको राजधानी लिमाबाट १ हजार १५१ किलोमिटर दक्षिणपूर्वमा पर्ने दुर्गम क्षेत्रमा बुधबार बिहान सवेरै आएको सो बाढीबाट ती व्यक्तिहरु घरवारविहीन भएका पेरुभियाली समाचार सञ्जालअन्तर्गतको रेडियो कार्यक्रम डेल पेरुले जानकारी दिएको बताइएको छ ।
उक्त क्षेत्रका मेयरका अनुसार नदीमा आएको सो बाढीबाट घरहरु बगाउनुकासाथै घरभित्रका सबै सरसामान नै नष्ट भएका छन् ।
मेयरका अनुसार केन्द्रीय सरकारलाई सो बाढीबाट पीडित व्यक्तिहरुलाई सक्दो छिटो संकटकालीन सहयोगका लागि संचेत गराइएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार वर्षा अझै लगातार भइरहेकोले हुनाले बाढीको मात्रा पनि अझै पनि बढ्ने डर रहेको छ । सिन्ह्वा