छुरा हानेर एकजनाको हत्या

काठमाण्डु टुडे २०७० पुष ११ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, ११ पुस– मोरङको विराटनगरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्ला विकास समितिको ढाट नजिक अज्ञात समूहले गएराती १० बजे छुरा हानेर स्थानीय उजार ठाकुरको हत्या गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ठाकुरको राति अबेर सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

यसैबीच मोरङको पथरी ३ मा को १ त ८६८४ नम्बरको ट्याक्टरको ठक्करबाट शनिश्चरे १ का २५ बर्षीय बसन्त राईको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको पथरीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us