जाडोयाममा पनि खानेपानी समस्या

काठमाण्डु टुडे २०७० पुष ११ गते २:१२ मा प्रकाशित

जनकपुरधाम, ११ पुस–विगत आठ महिनादेखि धनुषाको उत्तरी क्षेत्रका अधिकांश गाविसका बासिन्दाले खानेपानीको समस्या भोग्नु परिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै धनुषाका उमाप्रेमपुर, यज्ञभूमि, पुष्पलपुर, ढल्केवर, बेंङ्गाडाबर, भरतपुर, गोदार लगायतका गाविसमा खानेपानीको समस्या देखिएको हो ।

सो समस्याबारे सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले कुनै चासो नदेखाएका कारण आफूहरुले यस्तो समस्या भोग्न बाध्य भएको यज्ञभूमि धारापानीका मोहन बरालले बताए । उनले भने, ‘अब जाडोको महिना आएकाले आफूहरुलाई टाढाटाढाबाट पानी ल्याउनका लागि समस्या भइरहेको छ ।’

नेताले चुनाव जितेर गएको एक महिना बितिसक्दा पनि हालसम्म आफूहरुले भोगिरहेको समस्याप्रति कुनै सुनवाइ नभएको उनले गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us