रंगको पहिचानमा विश्व कीर्तिमान

काठमाण्डु टुडे २०७० पुष ९ गते १०:३९ मा प्रकाशित

indexझापा, ९ पुस – झापाका एक युवाले रंगको पहिचानमा विश्व कीर्तिमान कायम गरेका छन् । भद्रपुर–४ का २३ वर्षीय अर्पण शर्माले रंगको पहिचानमा विश्व कीर्तिमान कायम गरेका हुन् ।

भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उनले आफ्नो रंग पहिचानको अद्भूत क्षमता प्रस्तुत गरेका थिए ।

लामो समयसम्म स्मरण गर्ने क्षमताका कारण उनको यो कीर्तिमानलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि प्रस्ताव गरिने भएको छ ।

मेची बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत शर्माले चार रंगलाई ल्यापटपमा दुई सयपटक दुई–दुई सेकेन्डका दरले हेरेकै भरमा आ“खामा पट्टी बाँधेर १६५ पटकसम्म ती रंगको सही पहिचान गरेका थिए ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि भनेरै आयोजित सो कार्यक्रमको पूरै भिडियो रेकर्डिङ गरिएको छ । त्यो रेकर्डलाई गिनिजको केन्द्रीय कार्यालयमा पठाइएपछि त्यसका आधारमा उनलाई विश्व कीर्तिमानको नयाँ उपाधि प्राप्त हुने भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार कार्यक्रममा उनलाई रातो, सेतो, निलो र कालो गरी चारवटा रंग दुई सयपटक देखाइएको थियो । ती चारवटा रंगलाई भिन्नभिन्न तरिकाले ल्यापटपमा दुई/दुई सेकेन्डको फरकमा हेर्न दिइएको थियो । पछि आ“खामा कालोपट्टी बाँधेर उनले २०० पटकमध्ये १६५ पटक रंगको सही पहिचान गरेका थिए ।

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि सबै प्रमाण पठाउने तयारी भइरहेको शर्माको पारिवारिक स्रोतले जनाएको छ । अहिलेसम्म त्यसरी नहेरी सिंगापुरका सेन्सी सुरज सिंहले रंग पहिचानको रेकर्ड १६० पटकसम्म कायम गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us