छुवाछुत अन्त्यका लागि रणनीति तयार

काठमाण्डु टुडे २०७० पुष ९ गते १०:१५ मा प्रकाशित

सप्तरी, ९ पुस – सप्तरीका दलित समुदायका युवाले जातीय छुवाछूत र भेद्भाव अन्त्यका लागि पैरवी सम्बन्धित रणनीति तयार गरेका छन् ।

दलित नेटवर्क सप्तरी, छुवाछूत निगरानी केन्द्र र दलित जनकल्याण युवा क्लब लहान सिरहाको संयुक्त आयोजनामा आज राजविराजमा आयोजित रणनीति तयारी गोष्ठीका सहभागी युवाले पैरवी रणनीति तयार गरेका हुन् ।

कार्यक्रममा सहभागी दलित युवाले जिल्लामा हुने जातीय छुवाछूत र भेद्भावबिरुद्ध जनचेतना जगाउने, भेद्भाव अन्त्यका लागि अभियान सञ्चालन गर्ने र पीडितलाई न्याय दिलाउन सामूहिक पहल गर्ने रणनीति बनाएका छन् ।

जातीय भेद्भाव र छुवाछूतबिरुद्ध आवाज उठाउँदै आएका सप्तरीका करिब ३० जना दलित समुदायका युवा एउटै मञ्चबाट जातीय भेद्भाव अन्त्यका लागि रणनीति तयार गरेका छन् ।

कार्यक्रममा दलित अगुवा तथा पूर्व सांसद् असर्फी सदाले जातीय भेद्भाव र छुवाछूत अन्त्यका लागि ऐन कानुन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा छुवाछूत हट्न नसकेको बताए । कार्यक्रमका सहभागीहरुले दलितमाथि हुने उत्पीडनबिरुद्ध सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us