लडेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष ९ गते ९:३८ मा प्रकाशित

बैतडी, ९ पुस – बैतडीको सिद्धपुर– १ मा सोमबार राति लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा घर भई हाल सिद्धेश्वर– ८ बस्ने ४० वर्षीय श्याम रोकामगर रहेको प्रहरीले जनाएको छ । सिद्धपुर– १ स्थित बिप्याकटाल जाने बाटो नजिकैबाट लडेर करिब ३०० मिटर तल खस्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ ।

अत्यधिक मदिरा सेवन गरेर लडेको भन्ने प्रारम्भिकरुपमा खुल्न आएपनि घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टले बताए ।

सडक छेउमा त्रिपाल टाँगेर बस्दै आएका रोकामगरका  श्रीमतीसहित १४ वर्षीय छोरा र नौ वर्षीय छोरी रहेका छन् । उनी रोल्पाका बासिन्दा भए पनि २०६३ सालमा बैतडीको सिद्धेश्वर– ६ बाट नागरिकता लिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us