शव बोकेको बस दुर्घटना हुँदा पाँच घाइते

काठमाण्डु टुडे २०७० पुष ९ गते ७:१३ मा प्रकाशित

तनहुँ, ९ पुस – तनहुँको थर्पुबाट दमौलीघाटतर्फ शव लिएर आउँदै गरेको बस मंगलबार बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ना ४ ख ५४२५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत जामुने–३, मा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसमा ३० जना सवार रहेको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us