नेपालकै पहिलो कृषि इन्जिनियर रहेनन्

काठमाण्डु टुडे २०७० पुष ९ गते ४:२९ मा प्रकाशित

hutaram_baidyaकाठमाण्डु, ९ पुस–नेपालका पहिलो कृषि वैज्ञानिक एवं वातावरणविद हुतराम वैद्यको मंगलबार निधन भएको छ । फोक्सोको समस्याबाट पीडित वैद्यको नर्भिक अस्पतालमा बिहान ७ बजे निधन भएको हो । ९४ वर्षीय वैद्यलाई झण्डै दुई साता अघि अस्पताल भर्ना गरिएको थियो ।

नेपालकै पहिलो डाक्टर रत्नदासका कान्छा छोरा हुतरामले भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका थिए । उनी नेपालकै पहिलो कृषि इन्जिनियर हुन् ।

२००७ सालमा पहिलो कृषि इन्जिनीयर भई भारतबाट फर्किएपछि उनले १४ बर्षसम्म कृषि विभागमा काम गरेका थिए । त्यहाँ रहँदा उनले नेपालमा बहुवर्षीय धानबाली भित्रयाउने काम गरेका थिए । कृषि र बाग्मती सुधारका विषयमा लेखिएका वैद्यका १० पुस्तक प्रकाशित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us