आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो

काठमाण्डु टुडे २०७० पुष ९ गते ३:४७ मा प्रकाशित

Arsenal-Vs-Chelseaकाठमाण्डु, ९ पुस– इङ्गलिस प्रिमियर लीग फुटबलमा चेल्सीसँग बराबरी खेलेपछि आर्सनलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गृहमैदान इमिरेट्स स्टेडियममा सोमबार रातिको खेलमा चेल्सी र आर्सनलले गोल रहित बराबरी खेलेका हुन् ।

६१ प्रतिशत समय आफ्नो पक्षमा पारेको आर्सनल गोल गर्न भने चुक्यो । स्ट्राइकर ओलिभर गिराउन्डले दुईवटा राम्रा मौका खेर फालेका थिए । चेल्सीका फ्राङ्क लाम्पार्डले पनि एउटा सुनौलो मौका गुमाएका थिए ।

अंक तालिकामा आर्सनल ३६ अंकको साथ दोस्रो स्थानमा छ । समान अंक रहेको लिभरपुल गोल औसतको आधारमा पहिलो स्थानमा छ । ३५ अंक सहित म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ ।

चेल्सी भने ३४ अंकको साथ चौथो स्थानमा उक्लिएको छ । चेल्सीसँग समान अंक रहेको एभर्टनसँग गोल औसतको आधारमा पाँचौ स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us