समानुपातिक सभासद छान्न दलहरु छलफलमा

काठमाण्डु टुडे २०७० पुष ८ गते ०:३४ मा प्रकाशित

congress and umlकाठमाण्डु, ९ पुस –समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी दलहरु छलफलमा जुटेका हुन् ।

काँग्रेसले संसदीय समितिको बैठकबाट र एमालेले स्थायी कमिटी बैठकबाट समानुपातिक सभासदको सूची टुंगो लगाउदै छन् । काँग्रेसले सम्भवतः मंगलबार सूचीलाई अन्तिम टुंगो लगाउने छ । काँग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले ‘आज टुंगो लाग्ने’ बताए । समानुपातिक तर्फ ९१ सिट पाएको काँग्रेसले शीर्ष नेताहरुमा सहमति नजुट्दा अन्तिम टुंगो लगाउन सकेको छैन ।

यसैगरी नेकपा एमालेको मंगलबारको स्थायी कमिटी बैठक पनि समानुपातिक सभासद चयनमा केन्द्रित हुने छ । नेता अमृत कुमार बोहराले भने, ‘आज बेलुकीसम्ममा सबै कुरा फाइनल हुन्छ ।’

एमालेले समानुपातिक तर्फ ८४ सिट पाएको छ । अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली पक्षबीच सभासद चयनबारे विवाद हुदै आएको छ ।

यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दल पनि समानुपातिक सभासद चयन गर्न बैठकमा व्यस्त छन् ।

निर्वाचन आयोगले दलहरुकै आग्रहमा नामावली बुझाउने म्याद दुईपटक थप्दै बुधबारसम्मको समयसीमा तोकेको छ । सो समयभित्रै सूची बुझाउने दलहरुको तयारी छ । तर, एकीकृत नेकपा माओवादीले भने आफूले राखेको माग प्याकेजमा सहमति नभएसम्म सूची नबुझाउने र संविधानसभामा पनि नजाने अडान राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us