मधेसी दलितलाई उचित प्रतिनिधित्व दिन माग

काठमाण्डु टुडे २०७० पुष ९ गते १:५५ मा प्रकाशित

काठमाण्डु, ९ पुस–तराई मधेस दलित अल्पसङ्ख्यक पिछाडावर्ग फाउन्डेसनले संविधानसभा सदस्यका लागि समानुपातिकतर्फको सूची बुझाउँदा मधेसी दलितहरुलाई जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन राजनीतिक दलहरुसँग माग गरेको छ । देशको कुल दलित जनसङ्ख्याको ६ प्रतिशत मधेसी दलित रहेको र संविधानसभामा उनीहरुको समानुपातिक प्रतिनिधित्व नभएमा उनीहरुको आवाज संविधानमा लिपिबद्ध हुन कठिन हुने फाउण्डेसनको ठहर छ ।

फाउन्डेसनका अनुसार संविधानसभामा नेपाली काँग्रेसले दलितका लागि कुल १२ सिट पाउने र त्यसमा मधेसी दलितले पाँच सिट पाउनुपर्ने, नेकपा (एमाले)ले बुझाउने समानुपातिक सूचीमा १२ सिटमा मधेसी दलितलाई पाँच सिट तथा एमाओवादीले तीन सिट छुट्याउनुपर्छ ।

हाल नेपालमा कुल दलितको जनसङ्ख्या ३६ लाख २८ हजार रहेको छ र त्यसमध्ये मधेसी दलितको जनसङ्ख्या ६ प्रतिशत अर्थात् २ लाख १७ हजार ६८० रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us