सार्वजनिक स्थानमा यौन हिंसा बढ्दो

काठमाण्डु टुडे २०७० पुष ८ गते ७:१० मा प्रकाशित

rapeeचितवन, ८ पुस – सार्वजनिक स्थानमा यौनजन्य हिंसा बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने यौन हिंसा तथा दुव्र्यवहार नमुना सर्वेक्षणले यस्तो देखाएको हो ।
चितवन सक्रिय समूहले सुरक्षित सहर कार्यक्रमअन्तर्गत भरतपुर क्षेत्रमा गरिएको अध्ययनले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा बढ्दै गएको देखाएको हो । बीसदेखि ४९ वर्षका महिलामा गरिएको अध्ययनमा अधिकांश महिला (करिब ७५ प्रतिशत) ले कुनै न कुनै माध्यमबाट यौनजन्य हिंसा हुने गरेको बताएका थिए ।
सार्वजनिक क्षेत्रमा सवारी कुर्दा बढी हिंसाको सिकार हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको अध्ययनकर्ता प्रतिमा सिलवालले बताइन् । चितवनको पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र नारायणगढको पुल्चोकमा सार्वजनिक स्थानमा पुगेर समूहले अध्ययन गरेको थियो ।
पन्ध्र महिलामा गरिएको अध्ययनमा सात जनामाथि यौन जन्य दुव्र्यवहार, दुई जनामाथि यौन आक्रमण तथा एक जनामाथि दुव्र्यवहारसहित लुटपाटसमेत भएको पाइएको छ । यस्तै प्रहरीको निगरानीको अभाव भएको भन्ने महिलाको सङ्ख्या ५० प्रतिशत छ ।
यस्तै महिला भएकैले दुव्र्यवहार व्यहोर्नुपरेको भन्ने महिला करिब ५५ प्रतिशत पाइएको छ ।  बढी साँझ या रातिको समयमा यौन दुव्र्यवहार हुने गरेको पाइएको छ । एक वर्षमा पाँच पटकसम्म यौन हिंसामा परेको बताउने महिला ३४ प्रतिशत रहेका छन् ।
यस्ता दुव्र्यवहार हुने गरेपनि विभिन्न कारण प्रहरीमा उजुरी नगर्नेको सङ्ख्या भने बढी रहेको सिलवालले बताइन् । अधिकांशले आफ्नै घरपरिवारलाई भनेर चित्त बुझाएको समेत प्रतिवेदनमा उल्लिखित छ । यसबारे तीन समूह बनाएर फरक–फरक समयमा अध्ययन गरिएको समूहले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us