पाँच महिनामा ९८ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष ८ गते ५:११ मा प्रकाशित

नेपालगन्ज, ८ पुस-चालु आर्थिक वर्ष २०७०/७१ को पाँच महिनाको अवधिमा मध्यपश्चिममा २२३ सवारी दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । कोहलपुरस्थित क्षेत्रीय ट्राफिक कार्यालयका अनुसार त्यस अवधिमा भएका दुर्घटनामा ९८ जनाको मृत्यु र २२२ जना घाइते भएका छन् ।

मध्यपश्चिमका १५ जिल्लामध्ये दाङमा सबैभन्दा बढी दुर्घटना भएको र ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जुम्ला जिल्लामा भने एउटा पनि सवारी दुर्घटना नभएको जनाइएको छ ।

सवारी चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु र मालसामान राख्नु, चालकले मदिरा सेवन, ट्राफिक नियमको पालना नगर्नु लगायतका कारणले सवारी दुर्घटना हुने गरेको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम पौडेलले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us