
घोराही, ८ पुस–दिसा पिसाब गर्न भनी खुल्ला स्थानमा गएकाहरुलाई सिठि बजाएर भगाएपछि राजपुर जंग्रहवाका १ सय २५ परिवारका करिब ७ सय जनाले सोमबार दिसा गर्न पाएनन् । विहान सबेरै गाउँको चारैतिर लुकेर बसेका सरसफाइ अभियन्ताले स्थानीयले लखेटेका थिए ।
गाउँको मथिनिया खोला, कोडिया खोला, सिवान, उत्तर कुला, सिवान कुलिया, नौसरा खोला लगाएतका स्थानमा बाँडिएर पाँच बजेदखि नै बसेका थिए । थाहै नदिई राति गाउँमा पुगेको सरसफाइ टोली कुरेर बसेको थियो । जब विहानपख खोला खोल्सीहरुमा स्थानीयबासिन्दा पुगे, तब सरसफाइ टोलीले सिठ्ठी फुकेर लखेटे ।
जिल्ला सरसफाई फोकल पर्सन एवं खानेपानी सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेका अनुसर गाविस सचिव राजनैतिक दल र प्रहरी चौकीलाई पनि सहभागि बनाईएको थियो । विहान ५ देखि सात बजेसम्म गौंडामा बसेर फर्काईरहेपछि केहि गाउँलेहरु आक्रोशित भएका थिए । तर कुनै किसिमको घटना हुन सकेन । कसैले पनि दिसा गर्न पाएनन् ।
केही भारतिय तिर्थालुहरु दिपज्योति प्राविमा बसिरहेको बेला समस्यामा परेपछि शौचालयको ताला खोल्न लगाईएको थियो भने गाउँलेहरु केहिले पहिले नै बनाएर तयार भएका शौचालयहरु पनि सोमबारदेखि प्रयोगमा ल्याएको बताएका छन् । धेरैले आजैदेखि शौचालय बनाउने प्रतिबद्धता जनाएका छन् ।
शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका नेताहरु लगाएतका शौचालय नबनेका र भएकाको प्रयोगमा नआएको गाविस सचिव मेघसिं पक्षाईले जानकारी दिए । खुला स्थानमा दिसा पिसाब गर्न नदिन गौंडा कुर्न एमालेका घनश्याम चौधरी, सदभावनाका तारालाल हरिजन, राप्रपा नेपालका हिरालाल यादव, खानेपानी कार्यालयका तिल बहादुर केसी, प्रहरी हवल्दार प्रकाश रावलको नेतृत्वमा चारजना वर्दिसहितका प्रहरी, सामाजिक परिचालकहरु खटाइएको थियो । स्थानियलाई भने सहभागि बनाईएको थिएन ।
दाङमा खुला दिसामुक्त बनाउन बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् ।