बार्सा स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष ८ गते ३:०५ मा प्रकाशित

Barsa-Pedroकाठमाण्डु, ८ पुस– स्पेनिस स्ट्राइकर पेद्रो इजेइजरले पहिलो हाफको नौं मिनेटभित्रै ह्याट्रिक गरेपछि स्पेनिस लालिगा फुटबल अन्तरगत आइतबार राति भएको खेलमा बार्सिलोनाले गाताफेलाई पाँच–दुई गोल अन्तरले हराएको छ ।

लियोनल मेसी र नेयमारविना नै मैदान उत्रिएको बार्साको लागि पेद्रोले दोस्रो हाफको ३४, ४१ र ४३ औं मिनेटमा गोल गरेका थिए । थप गोल शेक फेब्रिगासले गरेका थिए । गाताफेका लागि सर्जियो स्कुडेरो र लिसान्द्रो लोपेजले एक–एक गोल गरेका थिए ।

जितसँगै बार्साले ४६ अंक जोडेको छ । उ अंक तालिकाको शीर्ष स्थानमा छ । समान अंक भएको एथलेटिको मड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ४१ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us