‘किसुनजी’को अनुभूतिको संगालो विमोचन (भिडियो सहित)

काठमाण्डु टुडे २०७० पुष ८ गते १०:४४ मा प्रकाशित

Krishan-prasad-bhattaraiकाठमाण्डु, ८ पुस– नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९०औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सरकारले भट्टराईको सम्झनामा ललितपुरको वाडे गाउँमा स्थापना गरेको आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले स्वर्गीय भट्टराईको राजनीतिक निष्ठा र इमान्दारीताका बारेमा चर्चा गरेका थिए ।

krishina-prasad-bhattarai-pustakसो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गीय भट्टराईले जेलमा रहँदा लेखेका अनुभूतिहरुको संगालो ‘नोट्स फ्रम प्रिजन’ र उनको जीवनीलाई बालन संगीतमा ढालेर तयार पारिएको अडियो सिडीको विमोचन गरेका थिए ।

नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । पिता संकटाप्रसाद र माता ललीता देवीको कोखबाट जन्मिएका उनले जहानियाँ निरंकूश राणा शासन र पञ्चायतविरुद्ध अनवरत संघर्ष गरेका थिए ।

उनले लामो समय जेल जीवन पनि विताएका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि उनकै नेतृत्वमा २०४७ सालको संविधान बनेको थियो भने त्यसैबेलादेखि संसदीय प्रजातन्त्रको अभ्यास शुरु भएको थियो ।

२०४७ बैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुईपटक प्रधानमन्त्री बनेका थिए । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

‘किसुनजी’को जीवनी बारेको अडियो सिडी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us