आगलागिबाट २५ लाख क्षति

काठमाण्डु टुडे २०७० पुष ८ गते २:२५ मा प्रकाशित

विराटनगर, ८ पुस–विद्युत सर्ट भएर आगलागि हुँदा विराटनगर १५ मा एउटा उद्योगसहित तीन घर जलेर नष्ट भएका छन् । आगलागिबाट करिव २५ लाख रुपैया बराबरको क्षति भएको छ ।

सोमबार विहान ४ बजेको समयमा बिद्युट सर्ट भएर आगलागि हुँदा सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योग, जुगल सहनीको बोरा गोदाम तथा मनोहर रायको चीया पसल पूर्णरुपमा जलेका छन् । आगो नियन्त्रण गर्न सुनसरीको धरान, इटहरी, इनरुवा र विराटनगरको पाँच वटा दमकल प्रयोग गरिएको थियो ।

जनपद प्रहरी, सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट २५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भीक अनुमान गरिएको छ ।

नेपाली नागरीकता लिने भारतीय पक्राउ

झुठो विवरण बुझाएर नेपाली नागरिकता लिएका एक भारतीय युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत जोगवनी ११ घर भएका भारतीय नागरिक नुमाप्रसाद सोनी रहेका छन् ।

सोनीले मोरङ विराटनगर ११ ठेगाना उल्लेख गरेर विवरण पेश गरी नेपाली नागरिकताको प्रमाण पत्र लिएको फेला परेको छ ।
झुठा विवरण पेश गरेर नागरिकता लिएको कसुरमा अदालतबाट म्याद थपेर सोनीको बिषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us