
काठमाण्डु, ८ पुस– चितवनको भरतपुरमा आइतबार राती भएको मोटरसाईकल दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । भरतपुरबाट गितानगरतर्फ जाँदै गरेको ना १३ प ८२०४ नम्बरको मोटरसाईकल भरतपुर नगरपालीका ७ क्यान्सर अस्पताल नजिकै सडकको पर्खालमा ठोक्कीदा चालक भरतपुर १० का ३२ वर्षीय सुरेन्द्र लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
यसैबीच मोरङको सुन्दरपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मे १ ख ११८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हसनदहकी ६६ बर्षीया अभिमाया निरौलाको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।