
काठमाण्डु, ७ पुस– कांग्रेसले निर्वाचनको बेलामा अन्तर्घात गरेको उजुरी परेका केन्द्रीय सदस्य र समानुपातिकतर्फका उम्मेदवरसँग स्पष्टीकरण सोधेको छ ।
निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेकामाथि अनुशासन समितिले छानबिन सुरु गरेपछि पहिलो चरणमा उजुरी परेकाहरुसँग ४८ घण्टे स्पष्टीकरण सोधेको हो ।
शनिबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले पहिलो चरणमा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
त्यस्ता उजुरी परेका केन्द्रीय सदस्यको सङ्ख्या करिब छ जना र समानुपातिकतर्फका उम्मेदवारको सङ्ख्या ३० रहेको कांग्रेस स्रोतले जनाएको छ ।
दोस्रो चरणमा अन्य उजुरीमाथि छानबिन गरी तीन महिनाभित्र उपयुक्त कारबाहीकोे निर्णयसमेत गरिने अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेले बताए ।
मितिले कारबाहीस्वरुप तीन वर्षसम्म सदस्यता खारेज गर्न सक्ने उनले बताए । समितिले यही पुस १५ सम्म उजुरी दिन सकिने जनाएको छ ।