चितुवा मृत फेला

काठमाण्डु टुडे २०७० पुष ७ गते १३:५३ मा प्रकाशित

chituwa leopard nepalम्याग्दी, ७ पुस– म्याग्दीको पुलाचौर गाविस ९ मा आइतबार एक चितुवा मृत अवस्थामा भेटिएको छ ।

पुलाचौर–९ को कुमाण्डीस्थित झ्याङ्मा अन्दाजी तीन वर्ष उमेरको पोथी चितुवा मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ ।

भाले र पोथी चितुवाबीच लडाइँ हुँदा भाले चितुवाको आक्रमणबाट उक्त चितुवा मरेको जिल्ला वन अधिकृत रामसुहार्थ शाहले जानकारी दिनुभयो । स्थानीयबासीले आइतबार बिहान मृत चितुवा देखेपछि प्रहरी र वन कार्यालयमा खबर गरेका थिए ।

घाँटीमा चिथोरेको र घाँटीदेखि ढाँडसम्मको मासु नभएको भेटिएकाले अर्को चितुवाकै आक्रमणबाट उक्त चितुवा मरेको परीक्षण गर्दा पुष्टि भएको वन अधिकृत शाहले बताए ।

वन अधिकृत शाहका अनुसार आइतबार नै उक्त चितुवाको मृत शरीर जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरी प्रहरी, प्रशासन, वन, भू–संरक्षण र पशु सेवा कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us