संघीय समाजवादीबाट ६ जना निस्कासित

काठमाण्डु टुडे २०७० पुष ७ गते १२:२२ मा प्रकाशित

FSPN_20131005085322काठमाण्डु, ७ पुस – संघीय समाजवादी पार्टीले आफ्ना ६ जना केन्द्रीय सदस्यलाई निस्कासन गरेको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकले पार्टी सदस्यता लिएर निस्कृय रहेका र अन्य पार्टीमा प्रवेश गरेको भन्दै ६ जनालाई निस्कासन गरेको हो । निस्कासनमा पर्नेहरुमा जीवन रानामगर, महालक्ष्मी महत, होम गलामी मगर, नविन विश्वकर्मा, राजकुमार मण्डल र पृथ्वीमान गुरुङ रहेको नेता आङ्काजी शेर्पाले जानकारी दिए ।
यही पुस ११ र १२ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने, पार्टी केन्द्रीय तदर्थ समितिको म्याद सकिएकाले केन्द्रीय समितिको अर्को बैठकले महासम्मेलन डाक्नेलगायतका निर्णय संघीय समाजवादी पार्टीले गरेको छ ।
यसैगरी, संविधानसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने ५ जना सभासद् चयनका लागि अहिले बैठकमा मापदण्ड र कार्यविधिबारे छलफल भइरहेको नेता शेर्पाले जानकारी दिए । समाजवादी पार्टीको केन्द्रीय समिति बैठक पुस ३ गतेदेखि जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us