‘सरकार हस्तान्तरणको व्यग्र प्रतिक्षामा छु’

काठमाण्डु टुडे २०७० पुष ७ गते ११:४३ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, ७ पुस – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले वर्तमान मन्त्रिपरिषद नव निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न व्यग्र प्रतीक्षामा रहेको बताए । आइतबार मोरङको विराटनगरमा बाल सुधार गृह उदघाटन गर्दै रेग्मीले सरकार गठन र संविधानसभाको पहिलो बैठक बस्न भैरहेको ढिलाइले जनतामा निराशा पैदा हुन सक्ने तर्फ सचेत हुन सबैलाई आग्रह गरे । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले भने, ‘जनतालाई खुसी नपारे कुनै पनि राजनीतिक व्यवस्था सफल हुन सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us