बहालबाला एसएसपी विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाण्डु टुडे २०७० पुष ७ गते १२:०० मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, ७ पुस – अञ्चल प्रहरी कार्यालय बागमतीका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ प्रहरी उपरीक्षक प्रेमबहादुर चन्दसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा खरिद गर्दा १ करोड ७९ लाख ८२ हजार ८ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा एसएसपी चन्दसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरिएको हो ।
१९ लाख ६६ हजार रुपैयाँमा खरिद विक्री भएको जग्गा ३ महिना २० दिनपछि चन्दले जग्गाधनीसँगको मिलेमतोमा १ करोड ९९ लाख ४८ हजार ८ सय ९६ रुपैयाँमा सरकारको नाममा खरिद गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले जग्गाधनीहरु राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us