धोनी राँचीबाट लोकसभा चुनाव लड्ने

काठमाण्डु टुडे २०७० पुष ७ गते ९:२० मा प्रकाशित

131221095601_mahendra_narendra_dhoni_304x171_bbc_nocreditकाठमाण्डु, पुस – महेन्द्रसिंह धोनी विश्वभरका क्रिकेट प्रेमीकालागि चीरपरिचित नाम हो । भारतीय क्रिकेट टिमको कप्तानी सम्हालेदेखि टिमलाई ठूला सफलता दिलाउँदै आएका ‘माही’को चर्चा भारतमा मात्रै नभएर विश्वभर नै उत्तिकै सुनिन्छ ।
यीनै राँचीका चेला ‘माही’का दाइ नरेन्द्र सिंह धोनी पनि एकाएक चर्चामा आएका छन् । पहिले खासै नाम नसुनिएका नरेन्द्र समाजवादी पार्टीको टिकटमा राँचीबाट लोकसभा चुनाव लड्ने भएपछि उनको चर्चा एकएक चुलिएको हो ।
चुनाव लड्ने घोषणासँगै लखनउमा मुलायमसिंह यादवलाई भेटेर फर्किएपछि समर्थकहरुले राँचीमा उनको भब्य स्वागत गरेका छन् । समाजवादी पार्टीका झारखण्ड प्रमुख काशीनाथ यादवले उनलाई पार्टी कार्यकर्तासँग भेटाएका छन् ।
उनी भाइ महेन्द्र सिंह धोनीभन्दा १० वर्ष जेठा छन् । ४२ औं बसन्त पार गरेका नरेन्द्रपछि बहिनी जयन्ती र त्यस पछि महेन्द्र सिंह धोनी जन्मिएका थिए । नरेन्द्रले राँचीको डिएवी श्वामली स्कूलबाट १० कक्षाको पढाइ पूरा गरेका छन् । महेन्द्र सिंह धोनीले समेत सोही विद्यालयमा पढेका हुन् । नरेन्द्र पनि क्रिकेट त खेल्थे तर, महेन्द्र सिंह धोनीजस्तो खटेर भने लागेनन् ।
नरेन्द्रले चुनाव लड्ने विषयमा भाइलाई बताएको तर, कुन पार्टीबाट लड्ने र कुन नेतासँग सम्पर्क भएको छ, भन्ने विषयमा केही कुरा नभएको जानकारी दिएका छन् । चुनाव लड्ने उनको घोषणाले भाइ रिसाउने त होइनन् ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यस्तो हुनै सक्दैन ।’
लखनउबाट फर्किएपछि बुबाले राम्रै प्रतिक्रिया दिनुभयो, मुस्कुराउँदै नरेन्द्रले सुनाए, ‘बुबाले भन्नुभयो–राजनीति सजिलो छैन, यदि राजनीति गर्ने नै हो भने, गाउँ–गाउँ र गल्ली–गल्ली जाऊ र जनतालाई भन कि म निस्वार्थ सेवा गर्न चाहन्छु ।’
131221100314_narendra_dhoni_304x171_bbc_nocreditउनकी पत्नी अम्बिकाले भने आफू चुनाव प्रचारमा नलाग्ने बताइसकेकी छिन् । ‘माही’ले के गर्छन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले भनेका छन्, ‘ऊ अहिले धेरै ब्यस्त छ, त्यसैले चुनावमा प्रचार त गर्न भ्याउँदैन होला तर, भाइ हुनुको नाताले नैतिक समर्थन भने पक्कै गर्ने छ ।’
चुनावी प्रचारका लागि खर्च त निक्कै होला नि भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘यसको कुनै चिन्ता छैन, सहयोगी हातहरु धेरै भेटिने छन् ।’
चुनाव लड्ने उनको घोषणासँगै युवाहरुमा उत्साह थपिएको भन्दै समर्थकाहरुले चुनाव जित्ने दावी गरेका छन् । यससँगै नरेन्द्र सिंह धोनीले आफू विजयी भएमा लोकसभा सदस्य भए वापत पाउने तलव सहिद परिवारलाई दिने घोषणा गरेका छन् । उनले चुनाव जित्लान या नजित्लान त्यो त आगामी अप्रिलमा हुने लोकसभा चुनाव पछि नै यकिन हुनेछ । -विविसीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us