वार्यनलाई क्लब च्याम्पीयनको उपाधी

काठमाण्डु टुडे २०७० पुष ७ गते ४:४० मा प्रकाशित

bayrnकाठमाण्डु, ७ पुस–जर्मन क्लव वायर्न म्युनिखले क्लब च्याम्पियनको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा राजा कासाब्लाङ क्लबलाई दु्ई–शून्यले हराउँदै वायर्नले उपाधी जितेको हो ।

बायर्नको जितमा डान्टे र थिएगो अलाकान्त्राले सातौं र बाइसौं मिनेटमा एक–एक गोल गरे ।

यसैबीच ईङलिश प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लीएको छ । गएराति सम्पन्न खेलमा कार्डिफ सीटीलाई ३–१ ले हराउदै ३६ अंकका साथ लिभरपुल पहिलो स्थानमा उक्लीएको हो । अंक तालिकामा म्यान्चेष्टर सिटि दोश्रो, आर्सनल तेश्रो र चेल्सी चौथो स्थानमा छन् ।

गएरातिकै अन्य खेलमा म्यानचेष्टर युनाईटेडले वेष्टह्याम युनाईटेडलाई ३–१ ले, म्यानचेष्टर सीटीले फुलह्यामलाई ४–२ ले, स्टोक सीटीले एस्टन भिल्लालाई २–१ ले र न्युक्यासलले क्राष्टल प्यालेशलाई ३–० गोलले पराजित गरे ।

सन्डरल्याण्ड र नरबिच तथा वेष्ट ब्रुम र हलसीटीले भने बराबरी खेलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us