विश्वकप ट्रफी भारत लगियो

काठमाण्डु टुडे २०७० पुष ७ गते २:४५ मा प्रकाशित

world-cup-troophyकाठमाण्डु, ७ पुस– विश्वकप फुटबलको ट्रफी आइतबार भारत लगिएको छ । शनिबार नेपाल ल्याइएको ट्रफी आइतबार भारत लगिएको हो ।
शनिबार अपरान्ह दशरथ रंगशालामा प्रदर्शन गरिएको ट्रफी रातभर काठमाण्डुको सोल्टी होटलमा राखिएको थियो । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले थालेको ट्रफी टुर अन्तरगत यसपाली पहिलोपटक नेपाल ल्याइएको हो । ६ किलो वजनको सो ट्रफीलाई शनिबार राष्ट्रपति डा। रामवरण यादवले उचालेका थिए ।
फिफाकै विशेष विमानबाट आइतबार भारतको कलकत्ता लगिएको ट्रफीलाई बंगलादेश, म्यानमार लगायत मुलुकमा पनि पुर्याइने छ । ९० देशको भ्रमण गराएर सन् २०१४ मा विश्वकप आयोजक राष्ट्र ब्राजिलमै पुर्याएर ट्रफी टुर सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us