अन्तरघात गर्ने १८ जनालाई कारबाहीको माग

काठमाण्डु टुडे २०७० पुष ६ गते ५:३१ मा प्रकाशित

NC-Flagजनकपुर, ६  पुस – संविधानसभा निर्वाचनमा नेपाली का“ग्रेस धनुषा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका जिल्ला सभापति रामसरोज यादवलाई अन्तरघात गरेको भन्दै केन्द्रीय सदस्य लीला कोइरालासहित १८ जनालाई  क्षेत्रीय समितिले कारबाहीको माग गरेको छ  ।
क्षेत्रीय सभापति हरिशंकर शाहाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय सदस्य समेत १८ जनालाई साधारण सदस्यताबाट समेत निष्कासन गर्न माग गरिएको छ ।     समितिले समानुपातिकतर्फको उम्मेदवार समेत रहेकी केन्द्रीय सदस्य लीला कोइराला र अर्का समानुपातिक उम्मेदवार किसोरी शाहले अन्तरघात गरेको ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको हो ।
कोइरालाले आफ्ना निकटका का“ग्रेस कार्यकर्ताहरुलाई आफ्नै निवासमा बोलाएर पार्टीका उम्मेदवारलाई हराउन निर्देशन दिएको उल्लेख गर्दै विज्ञप्तिमा शाहले पनि विरोधमा प्रचारप्रसार गरेको आरोप लगाइएको छ ।
सभापति शाहले कारबाहीको सिफारिस गरेकाहरुमा कोइराला, किसोरी शाह, वैद्यनाथ शाह, बजरङ्गप्रसाद शाह (पूर्व मेयर) र राजेश्वर नेपाली रहेका छन् ।
त्यसैगरी राम शाह, केवल शर्मा, रामसोगार शाह, रामदेव पंजियार, विजय चौधरी, श्रीनारायण शाह, जोगेन्द्र शाह, गौरीप्रसाद शाह, परमेश्वर शाह, दिनेश शाह र मो. अम्बर छन् । क्षेत्रीय सभापति शाहले उनीहरुमाथि जातिगतरुपमा गैरपार्टीका उम्मेदवारलाई सघाएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us