जानकी मेडिकल कलेजमा अख्तियार

काठमाण्डु टुडे २०७० पुष ६ गते ५:०९ मा प्रकाशित

akhtiyarजनकपुरधाम, ६ पुस – जानकी मेडिकल कलेजमा अनियमितता, विद्यार्थी ठगी, पूर्वाधारको कमीलगायतका समस्याहरु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियारका विभूति कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली छानविनमा संलग्न रहेको छ । टोलीमा आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत, ल्याब र फार्मेर्सी प्राविधिक र एकजना चिकित्सक रहेका छन् ।
चिकित्सक काठमाण्डुबाट आएपनि फार्मेर्सी हेर्न वीरगन्जबाट र ल्याब हेर्न जनकपुरबाट विज्ञको रुपमा लिएको बताइएको छ । कोइरालाका अनुसार केही कागजपत्रहरु नियन्त्रणमा लिई अनुसन्धानको क्रम जारी छ, सबै तिरबाट अध्ययन गरिएपछि वास्तविकता थाहा हुनेछ । विद्यार्थीलाई परीक्षामा अमर्यादित क्रियाकलापका लागि विशेष व्यवस्था गरिएको, कापी बाहिर लेखाएर दिने गरिएकोलगायतका आरोप कलेज सञ्चालकमाथि लगाइएको छ ।
त्यस्तै, अध्यापन र प्रयोगात्मक व्यवस्था ठीक नरहेको आरोप लगाउ“दै विद्यार्थीहरुले पटकपटक कलेज बन्द र हडताल गर्दै आएका छन् । जसका कारण कलेज रहेको धनुषा जिल्लाको रमदैया भवाडी गाविसमा अवस्थित अस्पतालमा दैनिक दस जना रोगीपनि जाने नगरेको पाइएको छ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us