विश्वकप ट्रफी दशरथ रंगशालामा प्रदर्शन

काठमाण्डु टुडे २०७० पुष ६ गते ४:२४ मा प्रकाशित

Untitled-1 copy copyकाठमाण्डु, ६ पुस – विश्वकप फुटबलको ट्रफी दशरथ रंगशालामा प्रदर्शन गरिएको छ । कोकाकोला फिफा ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी भुटान हुँदै फिफाको विषेश विमानमा पहिलोपटक नेपाल ल्याइएको हो । ट्रफी विमानस्थलबाट दशरथ रंगशालामा लगेपछि राष्ट्रपति डा. रामवरण यादवले त्यसलाई उचालेर प्रदर्शन गरे ।

ट्रफी प्रदर्शन पश्चात सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले नेपालीका लागि यो ऐतिहासिक अवसर भएको बताएका छन् ।
यस्तै  एन्फा अध्यक्ष गणेश थापाले विश्वकप ट्रफी नेपाल ल्याइनु ऐतिहासिक अवसर भएको भन्दै फुटबलको दीर्घकालीन विकासका लागि लगानी गर्न सरकारलाई आग्रह गरे ।

President Wolrd Cup traphy tour copy

ब्राजिलमा आउँदो सन २०१४ जुनमा हुने विश्वकप फुटबलको ट्रफी विश्वका विभिन्न शहर घुमाउने क्रममा कतार, युएई, बंगलादेश, भुटान हुँदै नेपाल ल्याइएको हो । नेपालबाट भारत, म्यानमार, थाइल्याण्ड, भियतनाम हुँदै लगिने छ ।

६ किलोग्राम तौलको ट्रफी १८ क्यारेट सुनबाट बनेको छ । सन् २०१४ को विश्वकप ट्रफीलाई विश्वको ८८ देशका ९६ सहरमा लगिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us