
सिरहा, ६ पुस – सिरहाका दुई बेग्लाबेग्लै स्थानमा गएराति भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सिरहाको रामपुरविर्तामा ना ४ ख ३९८८ नम्बरको बसले स २ प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार सन्दिप साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहको मिर्चैयासिस्थत एक क्लिनिकमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उता सिरहाकै वडहरामाल–५ मा बसको ठक्करबाट मोटसराइकलमा सवार दुईको ज्यान गएको छ । ज ६ प २२६ नम्बरको मोटरसाकइललाई ना ४ ख ५२३४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक बरुण महतो र पछाडि बसेकी उनकी श्रीमती अमिरकला कुमारीको ज्यान गएको हो ।
ठक्कर दिने दुवै बस र चालक प्रहरी नियन्त्रणमा छन् ।