चिनियाँ नफर्कदै भारतीय नेता आए

काठमाण्डु टुडे २०७० पुष ६ गते २:२३ मा प्रकाशित

काठमाण्डु ६ पुस–चिनियाँ कम्युनिष्ट पार्टीका बिदेश मामिला उपमन्त्री आई फिङ नेतृत्वको  प्रतिनिधिमण्डल नफर्कदै भारतीय उर्जामन्त्री फारुक अब्दुल्लाह नेतृत्वको टोली काठमाण्डु आइपुगेको छ । China & India
चार दिने राजनीतिक भ्रमणमा आएको आई फिङ नेतृत्वको प्रतिनिधिमण्डलले बिभिन्न राजनीतिक दलका नेता र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको भेटवार्तामा स्थायित्व र संबिधानका लागि दलहरु वीच मिलेर अगाडि बढनु पर्ने सुझाव दिएको थियो । चिनियाँ प्रतिनिधिमण्डले शुक्रवार स्वदेश फर्किएको छ ।
भारतीय उर्जामन्त्री फारुक शनिवार उदघाटन गर्ने कार्यक्रम रहेको भारतीय व्यापार महोत्सव उदघाटन गर्न काठमाण्डु आएका हुन । फारुकले शनिवार नै राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फारुकले पनि प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरी नेपालको पछिल्लो राजनीतिक अवस्थाका वारेमा बुझने कार्यक्रम छ ।
भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी पनि शनिवार काठमाण्डु आउँदैछन । भाजपाका नेपाल मामिला बिज्ञ मानिने कोसियारी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन । भाजपाका नेपाल बिभाग संयोजक अजित सिंहका साथ आउन लागेका कोसियारीले पनि राष्ट्रपति यादव,मन्त्रिपरिषद अध्यक्ष रेग्मी र प्रमुख राजनीतिक दलका नेताहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us