विश्वकप ट्रफी आज काठमाण्डु ल्याईंदै

काठमाण्डु टुडे २०७० पुष ६ गते १:४२ मा प्रकाशित

world cup troffyकाठमाण्डु, ६ पुस–नेपालमा पहिलोपटक विश्वकप फुटबलको ट्रफी शनिबार ल्याईंदै छ । फुटबलको सर्बोच्च निकाय फिफाको विशेष विमानबाट भुटान हुदै ट्रफी नेपाल ल्याइने छ ।

मध्यान्ह बाह्र बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ट्रफीलाई प्रदर्शनीमा राखिने छ । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सुरु हुने ट्रफी प्रदर्शनी बेलुका साढे सात बजेसम्म जारी रहने छ । सो ट्रफीलाई राष्ट्रपति बाहेक अरु सर्वसाधारणले छुन भने पाउने छैनन् ।

नेपालमा पहिलोपटक विश्वकप ट्रफी आउने र त्यसलाई प्रत्यक्षरुपमा अवलोकन गर्न पाउने भएपछि नेपाली खेलप्रेमीहरु उत्साहित भएका छन् ।

ट्रफी प्रदर्शनीको लागि काठमाण्डुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तीन महिना अघि ब्राजिलको रियो दि जेनेरियोबाट सुरु भएको ‘ट्रफी टुर’ अन्तरगत सो ट्रफी नेपाल ल्याउन लागिएको हो । सो ट्रफी आइतबार भारत लगिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us