
काठमाण्डु, ५ पुस– नेकपा–माओवादीले आफ्ना पोलिटब्युरो सदस्यको कार्यविभाजनमा हेरफेर गरेको छ ।
यसअघि रहेको ‘कमान्ड’ प्रणालीलाई खारेज गर्दै माओवादीले एक पोलिटब्युरो सदस्यलाई दुई राज्य समितिको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको पोलिटब्युुरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए ।
उनले अस्थायी रुपमा कार्यविभाजन भएकाे बताए ।
ती समितिमा खड्कबहादुर बिक, हरिभक्त कँडेल, हितमान शाक्य, इन्द्रमोहन सिग्देल, कुलप्रसाद केसी र नारायण शर्मालाई जिम्मेवारी दिइएको छ ।
यसअघि माओवादीले निर्वाचन बहिस्कारका लागि भन्दै कमान्ड प्रणालीमा कार्यविभाजन गरेको थियो ।