
काठमाण्डु, ५ पुस – बाराका तत्कालीन बन अधिकृत सहित २५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सामुदायीक बनका रुखको कारोबार गर्दा अनियमितता गरेको भन्दै तत्कालीन बन अधिकृत मोहन कोइराला लगायत विरुद्ध मुद्दा दायर गरिएको हो ।
वन नियमावली २०५१ उल्लंघन गरी काठको कारोबार गरेको पाइएकोले वन अधिकृत कोइराला र १० जना सहायक बन अधिकृत तथा जिल्लाका सात सामुदायीक बनका अध्यक्ष र सचिव गरी १४ जना विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
उनीहरुले तीन करोड ४२ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको दावी छ ।