दोस्रो अभ्यास खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाण्डु टुडे २०७० पुष ५ गते ७:२० मा प्रकाशित

Nepali Cricketकाठमाण्डु, ५ पुस – एक दिवसीय विश्वकप क्रिकेट छनोट खेलको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम आफ्नो दोस्रो अभ्यास खेलमा २ विकेटले विजयी भएको छ । मूर्स क्रिकेट क्लवले घरेलु मैदानमा प्रस्तुत गरेको १ सय ४८ रनको सामान्य लक्ष्य नेपालले ३२ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाललाई संघर्षपूर्ण जित दिलाउने क्रममा विनोद भण्डारीले सर्बाधिक ५२ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न नसकेपछि दवावमा आएको नेपाललाई पृथु बास्कोटा र शक्ति गौचनको जोडीले जितसम्म डोहो¥याएका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मूर्स क्रिकेट क्लवले ३६ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन जोडेको थियो । नेपालका लागि अविनाश कर्ण, जितेन्द्र मुखिया, शक्ति गौचन र अनिल मण्डलले समान २ तथा पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट लिए ।
बिहीबार पहिलो अभ्यास खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लव कोलम्बोलाई ४ विकेटले हराएको थियो । श्रीलंकामा ४ वटा अभ्यास खेल खेल्ने तयारीमा रहेको नेपालले यस पश्चात पोट्र्स अथोरिटी क्रिकेट क्लव र ब्लुमफिल्ड स्पोर्टस् क्लवसँग खेल्नेछ ।

त्यसपश्चात टोली न्युजिल्याण्ड जाने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनोट भैसकेको नेपाल ५० ओभरको विश्वकपका लागि समेत छानिने लक्ष्यका साथ तयारीमा व्यस्त छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us