
मोरङ, ५ पुस– लामो समय बन्द रहेको नेपालको सबैभन्दा जेठो उद्योगको विराटनगर जुल मिलले अब पूर्ण ब्यवसायिक उत्पादन थाल्ने भएको छ । तीन महिनादेखि परिक्षण उत्पादन गदै आएको मिलले शनिबारबाट पुर्ण ब्यवसायीक उत्पादन थाल्ने भएको हो ।
उद्योग अर्थ तथा वाणिज्यमन्त्री र सचिवहरुको टालीले अनुगमन सहित उदघाटन गरेपछि सन्चालन गर्ने उद्योग सन्चालक समितिका अध्यक्ष अशोक पोखरेलले जानकारी दिए ।
घाटमा गएर लामो समयदेखि बन्द भएपछि सो उद्योग सन्चालनको जिम्मा सरकारले निजी क्षेत्रलाई दिएको थियो । बन्द उद्योग सन्चालनका लागि नेपाल सरकार र भारतिय कम्पनी विनसम इन्टरनेसनल प्रालिबिच एक वर्ष अघि सम्झौता भएको थियो ।
२५ वर्षको लागि भारतिय सो कम्पनीले कारखाना सन्चालनको लागि सम्झौता गरेको छ । सम्झौतामा कम्पनीले नेपाल सरकारलाई वार्षिक १ करोड ३५ लाख दिने उल्लेख छ ।