करेन्ट लागेर मृत्यु

काठमाण्डु टुडे २०७० पुष ५ गते ४:२२ मा प्रकाशित

विराटनगर, ५ पुस–मोरङको इटहरामा खाद्यान्न मिलमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मोरङको भाथिगछ–८ बस्ने १८ वर्षीय फुच्चे टुडुको इटहरा–५ स्थित आरके खाद्यान्न मिलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको थियो । शव शवपरीक्षणका लागि मङ्गलवारेस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us