
काठमाण्डु, ५ पुस– राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमको शुक्रबार पर्साको वीरगन्जबाट उदघाटन गरिदै छ । नेपालमा सबैभन्दा धेरै पोलियोका बिरामी तराइ क्षेत्रमा देखिएकाले सरकारले वीरगन्जका बालबालिकालाई पोलियो थोपा खुवाएर अभियानको शुरुआत गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता कविराज खनालले जानकारी दिए ।
१५ औं राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत सरकारले शनिबार र आइतबार देशभरका पाँच बर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ । देशभरका करिब ४२ लाख बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो । नेपाललाई पोलियो मुक्त घोषणाका लागि गएको १७ बर्षदेखि पोलियो खोप अभियान सन्चालन गर्दै आएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण पूर्वि एसियाका ११ देशलाई आउँदो फेब्रुअरी महिनामा पोलियो शुन्य राष्ट्र घोषणा गर्दै छ ।
नेपालको तराइ क्षेत्र पोलियोको उच्च जोखिममा रहेको छ । ३२ पोलियो रोगीमध्ये ३० जना तराइका जिल्लामा देखिएका छन् ।