गोरखामा सहिद स्मृति कार्यक्रम

काठमाण्डु टुडे २०७० पुष ५ गते २:०६ मा प्रकाशित

गोरखा, ५ पुुस–एकीकृत माओवादीले गोरखाको गाईखुर गाविसमा सहिद स्मृति कार्यक्रम गरेको छ । २०६० साल पुस ४ गते गोरखाको थुमी गाविसस्थित आर्खेत बजारमा नेपाली सेनाको गिरफ्तार पछि हत्या गरिएका मिलन पाण्डे र हुकुम ओलीको १० औं स्मृतिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव तथा सहिद समाज प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले गाईखुरको तल्लो मैदानमा सम्बोधन गर्दै सहिदको सपना साकार पार्नका लागि आफूहरु सँधै लागि पर्ने बताए । गोरखा क्षेत्र नम्बर २ का सभासद समेत रहेका पाण्डेले सहिदको सपना पूरा गर्न आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न पनि तयार रहेको दावी गरे ।

कार्यक्रममा  गोरखा क्षेत्र नं. २ का इञ्चार्ज लेख बहादुर थापा मगर, तमुवान राज्य समिति सदस्यहरु पुष्पराज दाहाल, रामबहादुर ढकाल लगायतले पनि मन्तव्य राखेका थिए ।

किरण पाण्डेको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता एमाओवादी गाईखुर गाउँ पार्टी कमिटीका अध्यक्ष गोविन्द बराकोटीले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us