संविधानसभालाई समावेशी बनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

काठमाण्डु टुडे २०७० पुष ४ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, ४ पुस–अन्तर्राष्ट्रिय समुदायले संविधानसभालाई समावेशी बनाउन नवनिर्वाचित राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय समुदायका तर्फबाट काठमाण्डुस्थित राष्ट्रसङ्घीय संयोजकले बिहिवार जारी गरेको विज्ञप्तिमा समावेशी एवम् प्रजातान्त्रिक संविधान निर्माण तथा विगतका उपलब्धिको रक्षाका निम्ति महिलालगायत विविधतायुक्त सबै नेपाली नागरिकलाई संविधानसभामा समाहित गर्न अनुरोध गरिएको छ ।un-flag
अघिल्लो संविधानसभामा अकल्पनीय रुपमा महिलाका साथै नेपालका विविध जातजातिको प्रतिनिधित्व भएको स्मरण पनि आवासीय संयोजक जेमी म्याकगोल्डरिकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हालै सम्पन्न संविधानसभाको निर्वाचनप्रति ऐक्यबद्धता जाहेर गर्दै अन्तर्राष्ट्रिय समुदायले त्यसको प्रशंसा गरेको छ । उक्त समुदायले प्राप्त उपलब्धिको रक्षा तथा संविधान लेखनका निम्ति शुभकामना पनि व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us