गुटका आधारमा सभासद नछान्न काँग्रेसलाई चुनौती

काठमाण्डु टुडे २०७० पुष ४ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार गठन, संविधान लेखन, निर्वाचन, समानुपातिक उम्मेदवारको मापदण्ड बनाएर नामावलीको टुङ्गो र संविधानसभा छिटो क्रियाशील बनाउनुपर्ने सहितका समसामयिक राजनीतिक विषयमा छलफल चलेको छ । Nepali-Congress-Flag1315101735
बैठकमा केही केन्द्रीय सदस्यले अन्य दलसँग हुने सहमतिका बारेमा पार्टीभित्र औपचारिक निर्णय गरेर निर्णय लिनुपर्ने तथा  समानुपातिकको नामावली छान्दा गुटबन्दीमा आधारित र पुनः दोहो¥याएर नभई छुटेका जिल्लालाई प्राथमिकता दिएर समावेशितताका आधारमा मापदण्ड बनाएर छानिनुपर्ने विषयमा विशेष जोड दिएका थिए । समानुपातिकमा अपरिहार्यबाहेकमा दोहो¥याउन नहुने, पटक पटक एउटैले मौका पाउन नहुने तथा पार्टीले प्रत्यक्षतर्फ नजितेको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने कुरासमेत उठेको छ ।
काँग्रेसले आफ्नो नेतृत्वमा सकेसम्म छिटो अन्य दलसँग वार्ता र संवादका माध्यमबाट संविधानसभालाई क्रियाशील बनाई तोकिएको समयमै संविधान निर्माण गर्ने गरी सरकार निर्माणलगायत कुरामा अग्रसरता लिनुपर्नेमा केन्द्रीय सदस्यले धारणा राखेको बताइएको छ ।
काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकमा निर्वाचनको समीक्षा, समानुपातिकको उम्मेदवारको छिटो टुङ्गो आदि विषयमा बोल्ने क्रम जारी रहेको बताए । “काँग्रेसले यथाशक्य छिटो आफ्नो नेतृत्वमा सबै पार्टीसँगको वार्ता र संवादबाट संविधानसभालाई क्रियाशील बनाएर संविधान निर्माणको प्रक्रियालाई छिटो सुरु गराएर तोकिएको समयसीमाभित्र संविधान निर्माण गर्ने काम प्रमुख हुनुपर्छ, जनादेश यही हो र यसप्रति हामी सचेत हुनुपर्छ,” प्रवक्ता बडूले भने ।
केन्द्रीय सदस्य डा रामशरण महतले पूरै सभासद् चुनिएर सरकार निर्माणका लागि पहिले संविधानसभाको अङ्ग पूरा हुनुपर्ने बताए ।
“स्वभावैले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने धारणा अहिले छ किनकि निर्वाचनका क्रममा कतिपय एजेन्डा उस्तै उस्तै देखिएकाले दुवै पार्टीबीच स्वाभाविक गठबन्धन हुने मानिसको धारणा छ, तर त्यसले ठोस रुप लिएको छैन, सरकार बनाउने कुरा दुई दल मात्र हैन हामी सकेसम्म धेरै दलको बृहत्तर सम्भावित गठबन्धनको पक्षमा छाँै,” डा महतले भने । बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने वक्ता बाँकी रहेकाले बैठक अझै केही दिन लम्बिने पनि प्रवक्ता वडुले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us