
सुर्खेत, ४ पुस- सुर्खेतमा एकजना स्वास्थ्यकर्मीमाथि गोली प्रहार भएको छ ।
विहीबार बेलुकी दैलेखमा कार्यरत स्वास्थ्यकर्मी प्रेम न्यौपानेमाथि गोली प्रहार भएको हो ।
वीरेन्द्रनगर स्थायी घर भएका न्यौपानेलाई घर नजिकै दुई जनाले गोली हानेको सुर्खेत प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।