नेपाल फिफा वरियतामा ७ स्थान तल

काठमाण्डु टुडे २०७० पुष ४ गते ११:०४ मा प्रकाशित

fifaकाठमाण्डु, ४ पुस – नेपाल फिफा वरियतमा सात स्थान तल झरेको छ । विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले बिहीबार जारी गरेको नयाँ वरियताक्रममा १ सय ६५ बाट ७ स्थान तल झर्दै नेपाल १ सय ७२ औं स्थानमा पुगेको छ ।
नेपालसँगै दक्षिण एसिएका सबै देशको बरियता खस्किँदा ११ स्थान तल झरेको अफगानिस्तान १ सय ४० औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली देशहरुमध्ये दोस्रो स्थानमा रहको भारत ६ स्थान तल झरेर १ सय ५४, माल्दिभ्स १४ स्थान तल झरेर १ सय ६३, बंगलादेश ८ स्थान तल झरेर १ सय ६४ तथा श्रीलंका ३ स्थान तल झरेर १ सय ६९ औं स्थानमा रहेको छ । ५ स्थान तल झर्दै पाकिस्तान नेपालभन्दा पछि छ, भने भुटान २ सय ७ औं स्थानमा कायम छ ।
वरियताको शीर्ष स्थानमा स्पेन, दोस्रोमा जर्मनी, तेस्रोमा अर्जेन्टिना, चौंथोमा कोलम्बिया र पाँचौमा पोर्चुगल कायम रहँदा ब्राजिल दशौं स्थानमा यथावत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us