
काठमाण्डु, ४ पुस– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्टको पहिलो पालीमा भारत २ सय ८० रनमा समेटिएको छ ।
पहिलो दिन ५ विकेट गुमाएर २ सय ५५ रन बनाएको भारतले दोस्रो ३० रन जोड्दा बाँकि ५ खेलाडी गुमायो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक १ सय १९ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका भेर्नन फिलान्डरले ४ तथा मर्न मर्केलले ३ विकेट लिए ।