महिलाको सुरक्षा गर्ने फोन बजारमा

काठमाण्डु टुडे २०७० पुष ४ गते ६:२१ मा प्रकाशित

andi-uddaan-mainकाठमाण्डु–बजारमा नयाँ नयाँ सुविधा युक्त फोनहरु उपलब्ध हुने क्रममा अब महिलाहरुको सुरक्षा गर्ने फोन पनि बनेको छ । महिलाको सुरक्षा गर्न‘आईबल एन्डी उडान’ नामक स्मार्ट फोन बजारमा आएको हो ।

यसमा दुईवटा सीमकार्ड लाग्छ । यसको मूल्य नेपाली रुपैयाँ १७ हजार ८ सय ५२ रुपैयाँ छ ।

कसरी हुन्छ सुरक्षा ?

यो फोन उत्पादक कम्पनि आइबलको दावी छ की यो खासगरी महिलाहरुको सुरक्षा गर्ने उद्देश्यले बनाइएको हो । यसमा SOS, ICE र ट्रेकिङ सेफ्टी फिचर्स छ । यिनैको माध्यमबाट महिलाहरुले आफ्नो सुरक्षा गर्न सक्छन् ।

यो फोनमा रहेको इमर्जेन्सी ICE बटन थिचेमा आफूले पहिले नै चुनेको नम्बरमा अलर्टको संकेत जान्छ । यसैगरी ICE एप्लीकेशनमा महत्वपूर्ण डाटा सुरक्षित रहन्छन् । यसमा फोन प्रयोगकर्ताको मेडिकल हिस्ट्री, इमरजेन्सी नम्बर र ब्लड ग्रुप राख्न सकिन्छ ।

ICE को अर्थ हो, ‘ईन केस अफ इमर्जेन्सी’ अर्थात् ‘आपतकालीन अवस्थामा’ । यो प्रयोगको लागि एकदमै सजिलो एप्लीकेशन रहेको कम्पनिको भनाइ छ ।

यो फोनमा अर्को एउटा महत्वपूर्ण एप्लीकेशन छ । जसलाई ‘ट्रेकिङ’को नाम दिइएको छ । यसले फोन प्रयोगकर्ता कहिले कहाँ गयो र आयो भन्ने कुरा जानकारी राख्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us