एन प्याब्सन स्पोर्टस मिट सुरु

काठमाण्डु टुडे २०७० पुष ३ गते १४:३९ मा प्रकाशित

sportsपोखरा, ३ पुस– एन प्याब्सन कास्कीको आयोजनामा बुधदेखि पोखरा रङ्गशालामा दसौँ ‘एन प्याब्सन स्पोर्टस मिट’ सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विद्यालयस्तरमा हुने यस प्रकारका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यही पुस ५ गतेसम्म हुने उक्त प्रतियोगिता ४० विद्यालयका दुई हजार ५०० विद्यार्थीको सहभागिता रहेको छ । सो प्रतियोगिताअन्तर्गत छात्रछात्रा फुटवल, बास्केटवल, एथलेटिक्स, व्याडमिन्टनका खेल सञ्चालन हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us