
चितवन, ३ पुस– अन्डा पार्ने कुखुरा उत्पादनमा आएको कमीले चिवतनमा अण्डाको भाउ आकासिँदै गएको छ ।
बर्ड फ्लूले यो वर्षको सुरुवातदेखि नै व्यवसायीले अन्डा उत्पादन गर्ने कुखुरामा लगानी नगरेपछि अहिले अण्डाको भाउ आकासिन पुगेको हो ।
अहिले उपभोक्ता प्रतिगोटा १२ रुपैयाँसम्ममा अण्डा खरिद गर्न बाध्य छन् ।
३० वटा अण्डा रहने एक क्रेट खरिद गर्दा उपभोक्तालाई व्यवसायीले ३ सय ३० रुपैयाँसम्म लिँदै आएका छन् ।
रत्ननगरका एक व्यापारी सन्दीप श्रेष्ठले महिनै पिच्छे अण्डाको भाउ बढ्दै गएको बताए ।
अहिले करिब ३० प्रतिशतले अण्डाको भाउ वृद्धि भइसकेको उपभोक्ताले बताएका छन् । वैशाख जेठमा सात/आठ रुपैयाँ रहेको अण्डाको मूल्य अहिले १२ पुगेको छ ।
गएको चैतबाट यहाँका कुखुरामा बर्ड फ्लू देखिएकामा त्यसको केही महिनाको अन्तरालमा १५ वटा फर्ममा फैलिएको थियो ।
रासस