
कीर्तिपुर, ३ पुस– पर्यटन पूर्वाधार विकास आयोजनाका प्रमुख प्रकाशबहादुर रघुवंशीले चम्पादेवी प्रचुर पर्यटकीय सम्भाव्यताको क्षेत्र भएको बताएका छन् ।
चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको छैटौँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले चम्पादेवी पर्याप्त पर्यटकीय सम्भाव्यताको क्षेत्र भएर पनि प्रचारप्रसारलगायतका कारण ओझेलमा परेको बताए ।
प्राकृतिक विविधताले सम्पन्न यो क्षेत्र दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त रहेको उनले बताए । संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले संस्थाको पहलमा चम्पादेवी पाउ क्षेत्रमा धर्मशालालगायतका अत्यावश्यकीय पूर्वाधारहरु निर्माण गरिएको बताए ।
र्याएको भन्दै दुई जनालाई मानार्थ सदस्यता प्रदान गरेको छ । अध्यक्ष तामाङका अनुसार समाचार सम्प्रेषणका माध्यमबाट चम्पादेवी क्षेत्रको विकासमा योगदान पुर्याएका राष्ट्रिय समाचार समितिका सञ्चारकर्मी वासुदेव पौडेल र समाजसेवी शान्ति चौधरीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।